www.tandavnews.com
Fact ~ In search of truth

मनाङ : बाढीले तीन स्थानीय तह पूर्ण क्षतिग्रस्त

मनाङ ।

लगातार परेको वर्षाका कारण मनाङमा बाढी आएपछि तीन वटा स्थानीय तहमा पूर्णरुपमा क्षति पु¥याएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बाढीले चामे, नासो र ङिस्याङ गाउँपालिकाका अधिकांश स्थानमा क्षति पुगेको हो ।

जिल्लाको नासोँ र चामे गाउँपालिका सबैभन्दा बढी बाढीबाट प्रभावित बनेको छ । विभिन्न स्थानीय खोलामा उर्लिएको बाढी बस्तीमा पस्दा चामे र नासोँमा ठूलो क्षति भएको हो । यहाँका कैयौँ घर डुबानमा परेका छन् भने भौतिक संरचनामा क्षति पुगेको छ । बाढीका कारण जिल्लाभर २०० घरका एक हजार नागरिक विस्थापित भएका छन् ।

Batas

अविरल वर्षासँगै विभिन्न ठाउँमा पहिरो पनि खसेको छ  । स्थानीय प्रशासनका अनुसार घट्टे र च्याट्टु खोलामा आएको बाढीले सदरमुकाम चामेमा छ घर पूरै डुबानमा परेका छन् । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार ती घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

बाढीबाट विस्थापित तथा जोखिममा रहेका स्थानीयवासीलाई चामे गाउँपालिका–५ माडाकुनामा निर्माण गरिएको कारागारको नयाँ भवनमा सारिएको छ । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चामे बजार, नयाँ बजार, तिमाङ र स्यार्कु क्षेत्रका बासिन्दालाई त्यहाँ राखिएको छ ।

बाढीले चामे बजारमै रहेको हुलाक कार्यालयसमेत बगाएको छ । दुई खोलाका बीचमा रहेका निजी घरदेखि सरकारी कार्यालयहरू जोखिममा परेका छन् । बाढीले विद्युत् गृह, बेलिब्रिज र काठेपुल बगाएको छ ।

यस्तै मस्र्याङ्दी नदीमा आएको बाढीले नासोँ गाउँपालिका–१, ताल गाउँका ५० घर डुबानमा परेका छन् । नासो गाउँपालिका—३ धारापानीमा सरकारी कार्यालय र बैंकका भवनहरु पनि बगाएको छ । बाढीले नासो गाउँपालिकाको प्रशासनिक भवन, अस्थायी प्रहरी चौकी, प्रभु बैंक, कैलाश बैंक, होटल, टहरा र घरहरु बाढीले बगाएको हो ।

नासो गाउँपालिका वडा नं २ बाहेक १, ३, ४, ५, ८ र ९ वडा पूर्णरुपमा बाढीपहिरोबाट प्रभावित भएको छ । बस्तीमा बाढी पहिरो आएपछि स्थानीयहरु डाँडातिर भागेर ज्यान जोगाएका छन् । अहिले पनि निरन्तर वर्षा भइरहेकाले एक ठाउँबाट अर्को ठाउँमा जाने अवस्था नभएको स्थानीयवासीले बताएका छन् । उनीहरु अहिले जङ्गलमा त्रिपालमुनि बसिरहेका छन् । स्थानीयवासीले उद्धारको माग गरिहेको भएपनि मौसम खराबीका कारण अहिलेसम्म उद्धार हुन सकेको छैन ।

(रासस)

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.