www.tandavnews.com
Fact ~ In search of truth

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाण्डौँ
ताण्डव न्यूज ।

आगामी महाधिवेशनको मिति र समसामयिक परिस्थितिको बारेमा छलफल गर्न नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले पार्टीको १४औँ महाधिवेशनको समय तालिका परिवर्तन गर्ने प्रस्तावका बारेमा निर्णय लिने पनि उनले बताए । गत शनिबार बसेको पार्टी पदाधिकारी बैठकले आसन्न १४औँ महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो । यसअघि भदौ ७ देखि १० सम्मका लागि तय गरिएको महाधिवेशनको मिति भदौ १६ गतेबाट सुरु गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.