www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी सरकारले विपद कोषका लागि ५ करोड जम्मा गर्ने

मुख्यमन्त्री पोखरेल राहत सामग्रीसहित मनाङ जादैँ

पोखरा/ ताण्डव न्यूज ।

विपद राहत कोषका लागि गण्डकी प्रदेश सरकारले पाँच करोड जम्मा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कष्णचन्द्र नेपालीको अध्यक्षतामा आज बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

विभिन्न जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

Batas

यसैबीच बाढीबाट अति प्रभावित बनेको मनाङको चामे क्षेत्रको अवलाेकनका लागि मुख्यमन्त्री पोखरेल स्थलगत अवलोकनका लागि आज नै त्यसतर्फ जाने भएका छन् । गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित त्यसतर्फ जान लागेका हुन् । मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्लास्थित सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई विपद्मा उद्धार, आवश्यक सहयोगमा जुट्न र पूर्वतयारीमा रहन निर्देशन समेत दिए ।

प्रदेश सरकारले प्रदेशका नौ जिल्लाका लागि १०/१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि दुई/दुई लाख रुपैयाँ यसअघि नै पठाइसकेको सरकारले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.