www.tandavnews.com
Fact ~ In search of truth

उद्धारका लागि खटाइएको ‘हेलिकप्टर होल्ड’ गरेर मनाङ हेर्न गए मुख्यमन्त्री पोखरेल

पोखरा ।

संघिय सरकारले उद्धारका लागि पठाएको सेनाको हेलिकप्टर होल्ड गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मनाङको अवलोकनमा निस्किएका छन् । गृह मन्त्रालयले मनाङ लगायत बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पठाएको हेलिकप्टरमा मुख्यमन्त्री पोखरेल सहित मन्त्री दिपक मनाङे पनि छन् ।

उद्धार र राहतका लागि खटिने गरि केन्द्र सरकारले पठाएको हेलिकप्टरलाई होल्ड गरेर मुख्यमन्त्री पोखरेलको टोली अवलोकनमा निस्किएपछि सामाजिक सञ्जालमा आलोचना समेत भएको छ।

Batas

केन्द्र सरकारको पहलमा नेपाली सेनाको हेलिकप्टरले बुधवार मात्रै मनाङ नासोङ गाउँपालिकामा बाढीबाट प्रभावित बनेका करिब सय जनालाई उद्धार गरेको थियो । अाज पनि हेलिकप्टर मनाङकै बाढी प्रभावित क्षेत्रमा खटिइरहेको थियो । २४ जना उद्दार गरि बाँकी १८ जना उद्दार गर्न जानुपर्ने हेलिकप्टरलाई मुख्यमन्त्रीले पोखरा बोलाएका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.