www.tandavnews.com
Fact ~ In search of truth

बाढी पीडितको उद्धारका लागि छोपाङ पुगे मनाङ

पोखरा
ताण्डव न्यूज ।

विघटित प्रतिनधिसभा सांसद पाल्देन छोपाङ गुरुङको पहलमा मनाङको तालगाउँमा अलपत्र नागरिकहरुको उद्धार गरिएको छ । बाढीग्रस्त मनाङको चामेमा अलपत्र परेका नागरिकहरुको उद्धारमा गुरुङले पहल गरेका हुन् । उनी स्वयं उद्धारमा खटिएको गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानले जानकारी दिए ।

प्रभावित क्षेत्रमा पुग्न हिजोबाटै कोशिस गरेको भएपनि आज सेनाहरुसंग समन्वय गरेर हेलिकप्टरमार्फत गुरुङ मनाङ पुगेका हुन् । बाढी पहिरोले विस्थापित भएर बसेका तालगाउँका बासिन्दालाई उद्धार गरी धारापानीस्थित सुरक्षित स्थानमा लगिएको गुरुङले बताएका छन् ।

Batas

छोपाङले केहि दिनका लागि खाद्यान्न, लत्ताकपडा समेत व्यवस्थापन गरेका छन् । उद्धारको पर्खाइमा नागरिक हुनसक्ने भन्दै छोपाङ विकट मानिने नार्पा भूमि गाउँपालिकाको फू भन्ने ठाउँमा समेत उनी पुगेका थिए ।

यसैबिच चामेमा खानेपानीको अभाव भएको गुनासो आएपछि गुरुङले निजी खर्चमा हेलिकोप्टर मार्फत पानी लगेर बाँडेका छन । साथै फु गाउँमा समेत एकजना वेपत्ता भएको भनिएपछि त्यहाँको अवस्था पनि बुझेर उनी फर्किएका छन् । गुरुङ २०७४ को निर्वाचनमा मनाङबाट प्रतिनधिसभा सांसदमा निर्वाचित भएका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.