www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीको मंगलामा पहिरोमा परि सासुबुहारी घाईते

पोखरा/ताण्डव न्यूज ।

म्याग्दीको मंगला गाउँपालिकास्थित वडा नं ५ अर्मनमा अविरल वर्षाका कारण आएको पहिरोले घर र गोठ पुरिँदा दुई महिला घाईते भएका छन् ।

घाईते हुनेमा ६० वर्षीया हिमकली बुढाथोकी र उनकी बुहारी २० वर्षीया सुजिता बुढाथोकी रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घाईते दुबैजनालाई उपचारको लागि नेपाली सेनाको हेलिकपटरद्धारा पोखरा पश्चिम क्षेत्रीय अस्पताल ल्याईएको छ । दुवैको अवस्था मध्यम रहेको बताईएको छ ।

Batas

स्थानीय बेल बहादुर बुढाथोकीको ढुङगा माटोले बनेको दुई तले कच्ची घर तथा संगै जोडिएको गोठ देखि अन्दाजी १०/१५ मिटर माथि बाट पहिरो खस्दा घर तथा गोठ पुरिएको हो । पहिरोकै कारण गोठमा रहेको ३ वटा भैसि, २ वटा गोरु र ५ वटा बाख्रापहिरोले पुरिएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उक्त स्थानमा प्रहरी टोलीले थप उद्धारको कार्य जारी राखेको खटी गई क्षतीको विवरण शंकलन भैरहेको उनले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.