www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः ४ संक्रमितको मृत्यु, कास्कीका ११९ सहित ३३३ जनामा संक्रमण

५६६ संक्रमित निको भए

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ संक्रमितले ज्यान गुमाएका छन् ।

पोखराका २ सहित प्रदेशका अन्य जिल्लाका गरि प्रदेशमा ४ संक्रमितले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

Batas

ज्यान गुमाउनेमा कास्कीका २, नवलपरासीका १ र गोरखाका १ जना रहेको निर्देशनालयले जनाएको छ ।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८६५ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३३३ जना संक्रमित थपिएका छन् ।निर्देशनालयको अनुसार कास्कीका ११९, म्याग्दीका ४, पर्वतका ५,गोरखाका १६, लमजुङका ७७,तनहुँका १०, बागलुङका ५२, स्याङ्जाका २५र नवलपरासीका २५ जनामा संक्रमण पुष्टि भएको हो ।

१४७ महिला र १८६ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५१ हजार ७६८ पुगेको छ ।

यस्तै आज ५६६ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४५ हजार ९१२ रहेको छ ।

हाल प्रदेशमा ४हजार ९९१ सक्रिय संक्रमित छन् । जसमध्ये ४ हजार २१९ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.