www.tandavnews.com
Fact ~ In search of truth

पोखराका उद्योगीले भनेः उद्योगी व्यवसायीले तत्काल कर तिर्न सक्दैनन्

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेश चेम्बर अफ कमर्सले सरकारले तोकेको समय सीमा भित्र कर बुझाउन नसक्ने बताएको छ । चेम्बरले तुरुन्तै कर तिर्न नसक्ने भन्दै सरकार ध्यानाकर्षण गराएको हो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि जिल्ला जिल्लामा स्थानीय प्रशासनले जारी निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प रहेकोले सरकारले तोकेको असार २५ गतेसम्मको समय सीमामा कर तिर्न नसक्ने गण्डकी प्रदेश चेम्बरले जनाएको छ । अध्यक्ष किसान सुनारले अहिलेको कठिन परिस्थितीमा तुरुन्तै कर तिर्न नसक्ने भएकोले असार २५ गतेसम्मको समय सीमा बारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।

Batas

चेम्बरले गण्डकी प्रदेशका सबै जिल्लामा निषेधाज्ञा जारी रहेकोले सबै व्यवसायीलाई एउटै दर्जामा राखेर कर तिर्न दबाव नदिन सरकारको ध्यानाकर्षण गराएको छ । उद्योगी व्यवसायीलाई निषेधाज्ञा खुलेको कम्तीमा ३ महिना समय सीमा तोक्न चेम्बरले सरकारसँग आग्रह गरेको छ ।

प्रदेशका सबै जिल्लाहरुमा निषेधाज्ञा जारी रहेको विषम परिस्थितिमा सम्पूर्ण व्यवसायीहरुलाई एउटै दर्जामा राखि कर तिर्न दबाव दिन मिल्दैन,’अध्यक्ष सुनारले भने, ‘निषेधाज्ञा खुलेको कम्तीमा ३ महिना समय सीमा तोक्न आवश्यक छ ।’ उनले निषेधाज्ञाका कारण उद्योग व्यवसायमा ठुलो धक्का पुगेको अवस्थामा शिथिल अर्थतन्त्रलाई जीवन्त तुल्याउन सरकारले प्रोत्साहन गर्नुपर्ने सुझाव दिए ।

खाली कर संकलनमा सरकारले ध्यान दिँदा उद्योगी व्यवसायीहरु चिन्तित भएको उल्लेख गर्दै उनले निषेधाज्ञाका कारण आर्थिक कारोबार ठप्प रहेको अवस्थामा कर तिर्ने समय सीमा तोकिनु उपयुक्त नभएको दावी गरे ।

उनले निषेधाज्ञाको अवधीमा अत्यावश्यक वस्तुको उत्पादन उद्योग तथा व्यवसाय सञ्चालन गरेका सम्पूर्ण उद्योगी व्यवसायीलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्थापन नभएसम्म अर्थतन्त्र सहज रुपमा चलायमान हुन नसक्ने उल्लेख गरे । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले गत बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो ।

विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.