www.tandavnews.com
Fact ~ In search of truth

संसदमा विश्वासको मत मागे मुख्यमन्त्री पोखरेलले

पोखरा/ताण्डव न्यूज ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसदमा विश्वासको मत मागेका छन् ।

पोखरेलले राजनीतिक स्थायीत्व र संसद विघटन हुनबाट जोगाउनका निमित्त आफूलाई मत दिन आग्रह गरे । गण्डकी प्रदेश संसदमा बोल्दै मुख्यमन्त्री पोखरेलले आफूले विस्वासको मत नपाए प्रदेश सभा विघटन हुने बताए ।

Batas

उनले संघीयतामा आईसकेपछि राजनीतिक स्थिरता हुन्छ भन्ने कुराको सन्देश दिन सांसदहरुसंग आग्रह गरे । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बनेको आफू नेतृत्वको सरकार विघटन भएमा प्रदेश सभा विघटन हुने र त्यस्तो भएमा संघीयता नै कमजोर बन्नसक्ने भएकालेपनि आफूलाई विश्वासको मत उनको आग्रह थियो ।

उनले आफू सरकारमा आएलगत्तै ल्याएको नीति तथा कार्यक्रम र बजेट निकै उत्कृष्ठ रहेको दावी गर्दै सो को कार्यन्वयनका लागि पनि विश्वासको मत दिन आग्रह गरे ।

संसदमा अहिले विश्वासको मतदान अन्तिम चरणमा पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.