www.tandavnews.com
Fact ~ In search of truth

कास्कीको रुपामा स्थानीय र बाघबीच घम्साघम्सी: बाघको मृत्यु, स्थानीय घाईते

पोखरा /ताण्डव न्यूज ।

कास्कीको रुपा गाउँपालिकामा बाघको आक्रमणबाट एक व्यक्ति घाईते भएका छन् ।

घाँस काट्न जंगलमा गएका स्थानीय तुलबहादुर गुरुङ र बाघबीच घम्साघम्सी हुँदा बाघको भने मृत्यु भएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । आज विहान अन्दाजी ८ बजेको समयमा रुपा गाँउपालिका–७ धारापानीका ३४ वर्षीय गुरुङ आफ्नै बारीमा घाँस काट्न जाने क्रममा अचानक बाघ देखेका थिए ।

Batas

बाघ देखेर भाग्ने क्रममा गुरुङलाई बाघले पछाडीबाट चिथोर्दा घाईते भएका हुन् ।बाघको आक्रमणपछि स्थानीयसंग गुरुङले गुहार मागेका थिए । स्थानीयहरुले प्रतिकार गर्ने क्रममा स्थानीय ३२ को मिलन गुरुङ समेत घाईते भएका छन् । उनलाई बाघले टाउकोमा चिथोरेको छ । दुबैजना घाईतेलाई उपचारको लागि भिरचोक स्वास्थ्य चौकी पठाईएको प्रहरीले जनाएको छ । दुवै घाईतेहरुको अवस्था सामान्य रहेको छ ।

स्थानीयले प्रतिकार गर्दा बाघको घटनास्थलमा मृत्यु भएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको गण्डकी प्रदेशका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.