www.tandavnews.com
Fact ~ In search of truth

कम्युनिष्ट आन्दोलन सिद्ध्याउन केही सिकारीहरु लागिपरेका छन् : महेश बस्नेत

पाेखरा
ताण्डव न्यूज ।

नेकपा एमालेका नेता महेश बस्नेतले केही सिकारीहरु कम्युनिष्ट आन्दोलन सिद्ध्याउन लागिपरेको बताएका छन् । शुक्रबार सम्पन्न राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश स्तरिय केन्द्रिय सदस्यहरुको भर्चुअल बैठकमा नेता बस्नेतले कम्युनिष्ट सिद्ध्याउन सिकारी लागिपरेकाले युवाहरु सशक्त अघि बढ्नुपर्ने बताए ।

एमाले केन्द्रिय सदस्य तथा युवा इन्चार्ज समेत रहेका बस्नेतले भने‘नेपालको कम्युनिष्ट आन्दोलन सिद्ध्याउने खालका केहि सिकारीहरु गहिरो ढंगले लागेकाले राष्ट्रिय युवा संघ नेपाल अब सशक्त रुपमा अगाडि बढ्नुपर्ने बेला आएको छ ।’ नेकपा एमाले एक ढिक्का भएर अगाडी बढ्ने तर्फ संकेत गर्दै उनले अबको केहि दिनमा नै कार्यदलले सकारात्मक संदेश दिने जानकारी दिए ।

Batas

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले पार्टी र देशलाई संकट परेका बेला युवा संघ नेपाल अग्रपंक्तिमा रहेर काम गर्ने बताए। आगामी केहि दिनमै गण्डकी प्रदेश मा १ लाख वृक्षारोपण गरिने, १०० जना युवालाई तालिम सहित विपत्तिको बेला तत्काल उद्दारको लागि तयारी अवस्थामा राखिने, संगठनलाई विस्तार गरि वडा तहसम्म पुर्याउने र सबै सदस्यहरुलाई विपत्तिको बेला आफ्नो ठाँउमा स्वस्फुर्त रुपमा उद्दार कार्यमा जुट्न तयारी अवस्थामा रहन समेत उनले निर्देशन दिए ।

कार्यक्रममा प्रथम उपाध्यक्ष एवम् गण्डकी प्रदेशका इन्चार्ज सन्तोष रावल र क्षितिज थेवेले आगामी रणनीति र महासचिव रमेश आचार्यले सांगठनिक विषयमा बोलेका थिए भने उपमहासचिव रामजी सापकोटाले कार्यालय व्यवस्थापनको विषयमा प्रष्ट पारेका थिए।

बैठकमा राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशका संयोजक एवम् केन्द्रिय सचिव महेन्द्र गुरुङले केहि दिनअघि गण्डकी प्रदेश सरकारका मन्त्री दिपक मनाङेबाट आएको अभिव्यक्ति प्रति खेदजनक रहेको भन्दै आगामी दिनमा फेरी यस्ता कार्य दोहोरिएमा युवा संघ चुप लागेर नबस्ने चेतावनी समेत दिए ।

बैठक गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बैठकबाट कार्यालय व्यवस्थापनका लागी कार्यालय सचिव स्थाई कमिटी सदस्य बिकास अधिकारीलाई मनोनिन गरीएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.