www.tandavnews.com
Fact ~ In search of truth

आजकाे माैसम : धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा

पाेखरा
ताण्डव न्यूज ।

आज मुलुकभरका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा बनेकाले पनि बदली तथा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

Batas

प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । महाशाखाका अनुसार आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.