www.tandavnews.com
Fact ~ In search of truth

स्काउट गण्डकीले मनायो ७० औँ स्थापना दिवस

पोखरा/ताण्डव न्यूज ।

नेपाल स्काउट गण्डकी प्रदेशले स्काउट स्थापनाको ७० औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । स्वास्थ्य सर्तकर्ता अपनाई पोखरा महानगरपालिका वडा नं २५ मा रहेको मानव सेवा आश्रममा खाद्यान्न समाग्री लगायत अन्य आवश्यक सामाग्री हस्तान्तरण गरेको छ ।

सो अवसरमा बोल्दै प्रमुख आतिथी एवं गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव विनोद कुवरले कोरोना भाईरसको यस विषम परिस्थितिमा सामाजिक मानविय क्षेत्रमा स्काउटले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उच्च प्रशंसा गरे । कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय समिति सदस्य शिव बहादुर भण्डारी समेत विशेष अथिथिको रुपमा उपस्थित थिए ।

Batas

कार्यक्रममा बोल्दै भण्डारीले वि।सं। २००९ सालमा स्काउटको स्थापना भएसँगै समाजका विभिन्न बगेमा स्काउटका स्वयम्सेवकहरू अग्र मोर्चामा रहेर काम गरिरहेको बताए । स्थानीय तहको गठन सँगै स्काउटको अभियान अझ सशक्त ढंगले अघि बढ्ने बताए । सो अवसरमा बोल्दै विद्यालय र समुदाय स्तरमा स्काउट अझ सशक्त ढंगले अगाडी बढ्ने नेपाल स्काउट गठडकी प्रदेशका संयोजक आशिर्वाद सुवेदीले बताए ।

दिवसकै अवसरमा स्काउट गण्डकी प्रदेशको आयोजनामा पोखरा ६ बसुन्धारा पार्क स्थित रोभर मूट स्तम्भ परिसरमा वृक्षरोपण, सरसफाई तथा रंगरोगन गरेको प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.