www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा डेल्टा भेरियन्टको परिवर्तित रुप फेला, सचेतना अपनाउन मन्त्रालयको अपील

काठमाडौं/ ताण्डव न्यूज ।

महामारीका कारण जारी निषेधाज्ञा केहि खुकुलो गर्ने गरी निर्णय भएको भोलिपल्टै नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको पुष्टि भएको छ ।

परिवर्तित रूपमा आएको नयाँ प्रजातिको भाईरस पहिलेको भन्दा कडा प्रकृतिको र सबै उमेर समूहका लागि घातक रहेको भन्दै सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

Batas

गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये गर्दा ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी.१.६१७.२, एउटा नमूनामा अल्फा भेरियन्ट मन्त्रालयले विज्ञप्ति निकालेर जनाएको छ ।

डेल्टा भेरीयन्ट पुष्टी भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन एवाई. १ भनिने के १४१७ एन म्युटेसन भेटिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ । हाल सम्म यो प्रजाती नेपालसहित संसारका १० भन्दा वढी राष्ट्रहरूमा पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

सरकारले मंगलबारदेखि निजि सवारीमा जोर विजोर प्रणाली अपनाउने र कपडा, खाद्यान्न पसलहरु मध्यान्ह १२ बजेसम्म खोल्न दिने निर्णय गरेको थियो । साथै रेष्टुरेण्टहरुले पनि टेक अवे सेवा दिन पाउने बताईएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.