www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रिपरिषद् विस्तार र पुनर्गठन विरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाण्डौँ
ताण्डव न्यूज ।

मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै गत जेठ २५ गते सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो र दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

सर्वाेच्चले लिखित जवाफ माग गरेपछि फेरि मिन्त्रपरिषद् विस्तार गरेकाले पुरक निवेदनसमेत दर्ता भएको छ । यसअघि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठनको कारण लिखित रुपमा पेश गर्न भनेको थियो । अब दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुङ्गो लाग्ने भएको छ ।

Batas

रिटमा कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.