www.tandavnews.com
Fact ~ In search of truth

ट्रेजर लाउन्जद्धारा ३० परिवारलाई राहत

पोखरा/ताण्डव न्यूज ।

पोखराको लेकसाईडमा रहेको ट्रेजर लाउन्ज एण्ड बारले राहत वितरण अभियानलाई जारी राखेको छ ।

सेवा नै धर्म हो भन्ने मूल नाराका साथ मंगलबार पोखरा १३ आर्वा स्थित विपन्न एवं अप्ठेरोमा परेका ३० परिवारका लागि लाउन्जले राहत वितरण गरेको सञ्चालक किरण बरालले ताण्डव न्यूजलाई जानकारी दिए । बराल नेपाली काँग्रेसका यूवानेता समेत हुन् ।

Batas

कोरोना संक्रमण फैलने त्रासका कारण देशभर जारी निषेधाज्ञा तथा लगातारको वर्षाकाका कारण जिविकोपार्जनमा कठिनाई भएका परिवारका लागि दैनिक उपभोग्य खाद्यान्न सामाग्री चमल, दाल, तेल, मस्यौरा, चिउरा, चना लगायतका समाग्री वितरण गरिएको बरालले बताए ।

राहत सामाग्री लिएर बराल आँफै स्थानीय समक्ष पुगेका छन् । विषम परिस्थितिमा परेका नागरिकहरुको सहायतका लागि आगामी दिनमा पनि सहयोगको अभियान जारी राखिने बरालले बताए । लाउन्जले यसअघि पनि विभिन्न ठाउँमा राहत वितरण गरेको थियो

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.