www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः कास्कीका ३ सहित ६ संक्रमितले गुमाए ज्यान

कास्कीका १३८ सहित ४८० जनामा संक्रमण

hima aus

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ६ संक्रमितले ज्यान गुमाएका छन् ।

पोखराका ३ सहित प्रदेशका अन्य जिल्लाका गरि प्रदेशमा ६ संक्रमितले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

ज्यान गुमाउनेमा कास्कीका ३, बागलुङका २ र स्याङ्जाका १ जना रहेको निर्देशनालयले जनाएको छ ।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९०१ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ४८० जना संक्रमित थपिएका छन् ।

classic tech

निर्देशनालयको अनुसार कास्कीका १३८, म्याग्दीका १७, पर्वतका १,गोरखाका ९२,लमजुङका ९,तनहुँका ७२, बागलुङका ६८, स्याङ्जाका २९ र नवलपरासीका ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

२३४ महिला र २४६ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५३ हजार १७१ पुगेको छ ।

यस्तै आज ५६६ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ९९५ रहेको छ ।

हाल प्रदेशमा ३हजार २७५ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ८१९ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
covid 19 tandav