www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरको बजेट आज

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दैछ । अहिले विहान ११ बजे सुरु हुने नगरसभाको नवौ बैठकमा महानगरका उप प्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नेछिन् । महानगरले हिजो प्रस्तुत गरेको नीति तथा कार्यक्रमको आधारमा बजेट सार्वजनिक हुनेछ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट नगरसभा तथा गाउँसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुरुप आज महानगरले बजेट प्रस्तुत गर्न लागेको हो ।

Batas

महानगरपालिकाले हिजो सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समावेश गरिएका मध्पोखरा पर्यटन विश्वविद्यालय बनाउने नीति लिएको छ । यसका लागि नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट (नाथुम)सँग सहकार्य गरिने महानगरका मेयर मानबहादुर जिसीले बताए । आर्थिक वर्ष २०७८/७९ का लागि महानगरको नीति कार्यक्रम प्रस्तुत गर्दै मेयर जिसीले पोखरामा पर्यटन विश्वविद्यालय स्थपानका लागि नाथुमसँग सहकार्य गरिने बताएका हुन् ।

यस्तै महानगरले पर्यटन प्रवद्र्धनका लागि पोखरा कोसेली घर सञ्चालन गरिने र पोखरा घन्टाघर निर्माणलाई अघि बढाउने मेयर जिसीले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.