www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस सभापतिमा शेखर कोईराला

नेपाली कांग्रेसको पदाधिकारी बैठकले १४ औं महाधिवेशनको मितिलाई केहि समय पछाडि सार्दै संबैधानिक समयसीमा भित्रै महधिवेसन गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि सभापतिको लागि कांग्रेसका अनेक समीकरणका संभावना सतहमा आएका छन् । पार्टी सभापति देउवा निवासमा छलफल भएपश्चात पदाधिकारी बैठकले १६ देखि १९ भदौसम्म माहाधिवेसन गर्ने निर्णय गरेको हो । नियमित ४ वर्षको देउवा कार्यकाल सकिएर डेढ बर्ष थप्दा नेपाली काङ्ग्रेसले थुप्रै उतारचढावको सामना गर्नुप¥यो ।

देशको ठुलो लोकतान्त्रिक दल कम्युनिष्ट एकतासँग नराम्रोसँग पराजित भयो । यति मात्र होईन आन्तरिक लोकतन्त्रको अभ्यासमा समेत देउवा नेतृत्व असफल देखियो र ब्यापक आलोचनाको शिकार भयो । यद्यपि अहिले नेकपामा आएको फुटले देउवालाई राष्ट्रिय राजनीतिमा थप बलियोमात्र बनाएको छैन काङ्ग्रेसको बिद्यमान नेतृत्व चयन प्रक्रियाबाट फेरिपनि देउवा नै १४ औ माहाधिवेसनमा सभापतिको सबैभन्दा बलियो प्रत्यासी भएको नेपाली राजनीतिक पण्डितहरुको विश्लेषणलाई पनि नकार्न सकिँदैन ।

तर पटकपटक प्रधानमन्त्री भईसकेका र प्रधानमन्त्री रहँदा केहि विवादित छवि समेत बनाएका देउवाले जटिल बन्दै गइरहेको देशको भू–राजनीतिक, आर्थिक पछौटेपन साथै देशका कैयौं युवा, महिला, बेरोजगारीलगायतका समस्या हल गरेर देशलाई र पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाई पार्टीलाई सहि दिशा दिन सक्छन् जस्तो यो पंङ्तिकारलाई रक्तिभर विश्वास छैन । किनभने देउवा सभापतित्वको यो कार्यकाल न कार्यकर्तालाई सन्तोषजनक रह्यो नत देशको प्रतिपक्ष दलको नेताको भूमिकामा एउटा देशको नागरिकलाई कुनै उत्साह र अपेक्षित रह्यो । अन्ततः उनलाई पटकपटक टेस्टेड प्रम र सभापतिकारुपमा सुखद बिदाई नै आजको नेपाली काङ्ग्रेसको मुलभूत आवश्यकता र भविष्यसमेत हो भन्ने यो पङ्तिकारको बुझाई छ ।

Batas

नेतृत्वका लागि समीकरणका अभ्यास

नयाँ नेतृत्वका लागि कांग्रेसमा अनेक प्रकारका समीकरणका अभ्यास जारी छन् । सभापति देउवा दोहोरिन चाहन्छन् त्यसका लागि उपसभापति विमलेन्द्र निधिसँग सम्झौता गर्नुपर्ने अवस्था छ, तर उपसभापति निधि आफ्नो छुट्टै समीकरणको अभ्यासमा छन् । उनले देउलाई सहयोग गर्न आग्रह गरेका छन् । युवा नेतासँग उनको छलफल तीब्र गतिमा अगाडि बढेको छ । राष्ट्रिय राजनीतिको फेरिएको समीकरणले देउवाको आलोचना पछिल्लो घटनाक्रमले घटेको देखिन्छ । संघ र सातै प्रदेशमा प्रतिपक्षको भुमिकामा रहेको काङ्ग्रेस सत्ताको सिँढी चड्ने प्रयत्नमा छ । गण्डकी प्रदेशमा त नेतृत्व समेत गरेको अवस्था छ । यसले देउवालाई केहि हदसम्म राहत दिएको छ ।
अर्कातिर, कोइराला परिवार पनि नेतृत्वमा उदाउने तयारीमा छन् । उक्त परिवारबाट कार्यकर्तामा सर्वाधिक लोकप्रिय शेखर कोइराला सभापतिका लागि दाबेदार छन् । महामन्त्री शशांक कोइराला र सुजाताले उनलाई सघाउनेछन् । उक्त परिवारले नयाँ पुस्तालाई महामन्त्रीमा स्थान दिएर अगाडि बढ्ने तथा कोइराला परिवारबाट शेखरलाई अगाडि सार्ने तयारी गरेको छ ।
यि बाहेक रामचन्द्र पौडेल, प्रकाशमान सिंह र सिटौलाको अर्को प्यानल तयार हुन लागेको बताइएको छ । यसका लागि उनीहरु अहिलेदेखि अभ्यासरत छन् । यसपटक वरिष्ठ नेता रामचन्द्र पौडेललाई भने कुनै समूहले खासै महत्वमा राखेको देखिदँैन तर उनी पुनः सभापतिको उम्मेदवार बन्न कोइराला परिवार र देउवाइतरको समूहसँग भने निरन्तर समन्वयमा रहेको बुझिन्छ ।

शेखर नै किन ?

गिरिजाप्रसाद कोईरालाका सहोदर दाई केशव प्रसाद कोईराला र नोना कोइरालाका सुपुत्रकारुपमा रहनुभको डा. शेखर कोईराला नेपाली काङ्ग्रेसको १३ औं महाधिवेसनमा सर्वाधिक लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । विधिको शासन र आन्तरिक लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आउनुभएका नेता कोइराला देशैभर कार्यकर्तामाझ सर्वाधिक लोकप्रिय हुनुहुन्छ । यद्यपि, डा. शेखर कोइरालानै पार्टी सभापति निर्वाचित हुनुपर्ने निम्न कारण छन् ।
भू–राजनीतिक परिवेश

डा.कोईराला नेपालको भू–राजनीतिक अपस्थितिको प्रचुर जानकार हुनुहुन्छ । उहाँका अनुसार ओली सरकारको कदमले नेपाल भू–राजनीतिक जटिलताको चपेटामा फँसिरहेको छ, सत्तामा टिकिरहन प्रो–इन्डियन, प्रो–चाइनिज दुबै कार्ड नेपालको दीर्घकालीन वैदेशिक नीतिको लागि प्रतिकुल हुनेछ । अहिलेको सरकार आफ्नो क्षणिक हितमा विदेशी स्वार्थअनुसार चल्नुले देशमा बिद्यमान समस्या निम्तिएको उहाँको बुझाई छ । विदेशी कूटनीतिज्ञ तथा कर्मचारीसँग मात्र सिमित नरहेर भारतलगायतका नेतासँग सिधा अडान र प्रष्ट बिचार राख्ने ल्याकतसमेत शेखरसँग छ । नेपालले उग्र व्यवहार र दृष्टिकोणबाट होइन प्रभावकारी विदेशी नीतिमार्फत छिमेकीसँगको समस्या समाधान गर्नुपर्दछ भन्ने उहाँको मान्यता हो ।

कार्यदिशा र नेतृत्व

डा. कोईराला स्पष्ट वैचारिक कार्यदिशासहित कुशल नेतृत्व क्षमता भएको नेता भएको र उहाँको सादगी जीवनशैली र समाजसेवी स्वभावले लोकतन्त्रमा आस्थावान सम्पूर्ण कार्यकर्ता, आमजनता र परिवर्तनकारी युवा बिद्यार्थी शक्ति उहाँको छातामुनी अगाडी बढ्ने स्थितिको निर्माण भईरहेको हो । नेपालको संविधानमा व्यवस्था भए अनुरुपको समाजवाद उन्मुख राज्यव्यवस्था र आन्तरिक लोकतन्त्रप्रति उहाँ प्रष्ट हुनुहुन्छ ।

रुपान्तरण र ध्रुवीकरण

नेपाली काङ्ग्रेसको महत्वपुर्ण समस्या रुपान्तरण र पुस्तान्तरण पनि हो । पार्टीमा जिवन्त योगदान गरेका कार्यकर्ताहरुको मुल्याङ्कन नहँुदा एउटा ठुलो पंक्ति सँधै नेतृत्वप्रति असहिष्णु भईरहेको छ । टिकट तथा राजनीतिक अवसरहरुको बितरण न्यायोचित हुन सकेको छैन । सँगसँगै क्षमतावान देखिएका युवाहरुले समेत पार्टीभित्रको गुटगत स्वार्थमै रुमल्लिएको देखिन्छ । यस्तो अवस्थामा डा. कोइरालाले आफु एक कार्यकालमात्र सभापति बन्ने घोषणा गर्नुभएको छ । यसले उहाँ नेतृत्वमा रहँदा गगन थापा, गुरुराज घिमिरे, चन्द्र भन्डारी, धनराज गुरुङ, प्रदिप पौडेल, बद्रि पाण्डे, गोविन्द भट्टराई, विश्वप्रकाश शर्माजस्ता युवा नेतालाई समेत पुस्तान्तरणको अभियानमा जोड्न सकिनेछ ।

उहाँको एक कार्यकाल मात्र सभापति बन्ने घोषणाले पार्टि रुपान्तरणमा सहयोग पुग्नेछ।यसपछि पार्टिभित्रको हुकुमि र गुटगत शैली कमजोर हुदै गर्दा पार्टि भित्र बिधि पद्धती र रुपान्तरणको पक्षधरहरु धुव्रीकरण हुनेछ। यस्तो अबस्थामा डा कोइरालाको नेतृ्त्वमा अर्जुन नरसिंह केसी कृष्ण प्रसाद सिटौला देखि कुलबहादुर गरुङ,बलबहादुर केसी हुदै नविन पुस्ता सम्मको समर्थन हुनसक्छ।र यो ब्यापक धुर्बिकरणले नेपाली काङ्ग्रेस पार्टिलाई आजको युगको प्रतिस्प्रधात्मक र लोकतान्त्रीक पार्ट बनाउन मद्धत गर्नेछ।

भातृ संगठन
देउवा नेतृत्वको काङ्ग्रेसमा अहिले भएका सबै भातृसंगठन निस्कृय जस्तै छन।गुट बिचको समजदारीमा बनेको नेतृत्वको असली राजनितिक जमिनमा बनेको छैन।नेपाल विद्यार्थीसंग तरुण दल लगायतका जुजारु भनिएका भातृ संगठन भागबन्डाको आधारमा नेताको विस्वासपात्र लाई बनाएका छन।तरुण दल चार सदस्यीय छ भने नेपाल विद्यार्थी संघ केहि थान पदाधिकारीको भरमा चलेको छ।यसले सहि विद्यार्थीको प्रतिनिधित्वा गरेको छैन यसको परिणाम निर्वाचनमा देखिएकै छ। डा कोईरालाले भातृसंगठनको आवधिक अधिबेशनमा जोड दिईरहनु भएको छ।विधि र पद्धतिमा आधारित स्वतस्फुर्त रुपमा भातृ संगठनको विकास र नेतत्व प्रक्रिया नै उहाँको अबधारणा हो।

क्रियाशिलता र संगठन 

डा कोईरालाको क्रियाशिता,निरन्तर खट्ने र काम गर्ने उर्जाले तमाम कार्यकर्तालाई उत्प्रेरणा दिईरहेको छ।अर्काको कुरा प्रष्टसंग सुन्ने र समस्याको समाधान वा अन्य निर्णय छिटो दिनसम्ने क्षमता कोईरालासंग छ।राष्ट्रिय राजनीतिका समस्या,आन्तरिक पार्टिका मुद्धा तथा कार्यकर्ता सबालमा सटिक र तार्किक अभिव्यक्तीसंगै निर्णय दिनसक्ने भएकाले उनि कयौ कार्यकर्ता र जनताका समेत आशाका केन्द्र बनिरहेका छन।त्यसैले अहिलेको सन्धर्बमा नेतृत्वको आकाङ्क्षी मध्य रुपान्तरित र नबिन काङ्ग्रेस निर्माणको लागी डा शेखर कोईराला नेपाली काङ्ग्रेसको माहाधिवेशनमा सबैभन्दा उपयुक्त सभापतिको उम्मेदवार हुन ।

(लेखक केसी युवा व्यवसायी तथा नेपाली काङ्ग्रेसका नेता हुन्।)

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.