www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः पोखराका ४ सहित ९ संक्रमितको मृत्यु

कास्कीका ११८ सहित ३२१ जनामा संक्रमण

पोखरा/ ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ९ संक्रमितले ज्यान गुमाएका छन् ।

पोखराका ४ सहित प्रदेशका अन्य जिल्लाका गरि प्रदेशमा ९ संक्रमितले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

Batas

ज्यान गुमाउनेमा कास्कीका ४,नवलपरासीका १, र स्याङ्जाका २,तनहुँका २ जना रहेको निर्देशनालयले जनाएको छ ।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९१४ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३२१ जना संक्रमित थपिएका छन् ।निर्देशनालयको अनुसार कास्कीका ११८,मुस्ताङका ४३, म्याग्दीका ३, पर्वतका ४, गोरखाका २६, लमजुङका २६,तनहुँका ३५, बागलुङका ३०, स्याङ्जाका १० र नवलपरासीका २६ जनामा संक्रमण पुष्टि भएको हो ।

१४४ महिला र १७७ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५३ हजार ७०८ पुगेको छ ।

यस्तै आज ५४० संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९११ रहेको छ ।

हाल प्रदेशमा २ हजार ८८३ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ५९३ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.