www.tandavnews.com
Fact ~ In search of truth

ट्यालेन्ट कि टर्चर ? केपी क्याबिनेटमा प्रत्येक मन्त्रीलाई ५ मन्त्रालयको जिम्मेवारी !

पाेखरा/ताण्डव न्यूज

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलमा प्रत्येकले ५ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै छन् ।

उपप्रधानमन्त्री बनेका विष्णुप्रसाद पौडेलले आजदेखि एकैपटक ५ वटा मन्त्रालयको जिम्मेवारी पाएका हुन् । झट्ट हेर्दा, सुन्दा उनी इतिहासमै ‘ट्यालेन्ट’जस्तो देखिए पनि यो बाध्यता हो । सर्वाेच्च अदालतले एकैपटक २० मन्त्रीलाई पदमुक्त गरेपछि प्रधानमन्त्री ओलीले पौडेललाई यति धेरै जिम्मेवारी थमाएका हुन् । पौडेलको भागमा अहिले गृहसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिस ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मा छ। प्रधानमन्त्री ओलीले आफूसँग परराष्ट्र र रक्षा राखेका छन्।

Batas

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाएका छन्।

बसन्तकुमार नेम्वाङको भागमा कृषि तथा पशुपन्छी विकासस खानेपानीस भौतिक पूर्वाधार तथा यातायातस सञ्चार तथा सूचना प्रविधिस सहरी विकास मन्त्रालय परेको छ ।

अर्का मन्त्री लिलानाथ श्रेष्ठको भागमा ५ मन्त्रालय परेको छ । उनले कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हाल्नेछन् ।

प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रालयको कार्यविभाजन गरेकी हुन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.