www.tandavnews.com
Fact ~ In search of truth

पोखरा बस्दै आएका बिहारका ‘ईन्द्रजित’ : जसले १६ बर्षे बालिकालाई करणी गरे, भिडियो बनाए र फेसबुकमा हालिदिए !

पोखरा
ताण्डव न्यूज ।

जर्बजस्ती करणी कसुरमा एक ब्यक्ति पक्राउ परेका छन् । भारतको बिहार प्रदेशमा घर भई पोखरा ९ स्थित शान्तिवन बस्दै आएका वर्ष २७का ईन्द्रजित कुमार शर्मालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

शर्माले १६ वर्षे बालिकालाई विभिन्न प्रलोभनमा पारी डर, धाकधम्की दिई जर्बजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उक्त करणीको भिडियो समेत बनाएर भिडियोसहित फोटोहरु बालिकाकै नक्कली फेसबुक आइडी बनाएर हालिदिएको जाहेरीमा उल्लेख छ । उक्त जाहेरीपछि प्रहरीले शर्मालाई यहि असार ९ गते पोखरा १४ चाउथेबाट पक्राउ गरेको हो ।

Batas

शर्मा बिरुद्ध जर्बजस्ती करणी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप लिई अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.