www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आज पनि बहस हुने

काठमाण्डौ
ताण्डव न्यूज ।

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आज पनि संवैधानिक इजलासमा बहस हुने भएको छ । रिट निवेदकको तर्फका कानुन व्यवसायीले अस्ति र हिजो लगातार बहस गरेका थिए ।

रिट निवेदक र सरकारी पक्षलाई सर्वोच्च अदाललते १५/१५ घण्टाको समय निर्धारण गरेको छ । रिट निवेदकको तर्फबाट बहसका लागि आब ४ घण्टा ४५ मिनेट समय बाँकी छ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कानुन व्यवसायीले बहस गर्नेछन् ।

Batas

हालसम्म रिट निवेदकको तर्फबाट बहसमा भाग लिएका कानुन व्यवसायीहरूले संसद् पुनस्र्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न र शपथ गराउन सर्वोच्च अदालतले आदेश दिनुपर्ने माग गरेका छन् । हिजोको बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता हरि उप्रेतीले राष्ट्रपति विवादमा परेको र निष्पक्ष समेत नरहेकाले फेरि पनि संविधानअनुसार अगाडि बढ्नेमा प्रश्न उठाए ।

वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले अदालतबाटै प्रस्ट आदेश आउनुपर्ने बताए । वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले धारा ७६ को उपधारा (३) अनुसार नै केपी ओली अयोग्य भएकाले मार्गप्रशस्त गर्छु भनेपछि फेरि प्रधानमन्त्रीको दावी पेश गर्न नमिल्ने जिकिर गरे ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.