www.tandavnews.com
Fact ~ In search of truth

दैनिक ८० जनालाई सेवा दिँदै खुल्यो मालपोत कास्की

पाेखरा/ताण्डव

मालपोत कार्यालय कास्कीले दैनिक ८० जनालाई सेवा दिने तालिका अनुरुप बिहीबारदेखि सेवा सुचारु गरेको छ ।

हाल प्रवाह गरिएको सेवामा राजीनामा, धितोबन्धक र रोकाफुकुवा रहेको मालपोतका सूचना अधिकारी मोहन केसीले जनाएका छन् । उक्त सेवाहरु आइत, सोम, मंगल र बुधबार दिइनेछ । त्यस्तै, यसअघि प्रक्रियामा रहेका फाइलको काम बिही र शुक्रबार हुनेछ ।

Batas

सेवाग्राहीको चाप नबढोस् र स्वास्थ्यसम्बन्धी मापदण्ड कायम गराउन मालपोतले दैनिक १ शाखाबाट २० वटा कुपन बाँड्ने गरेको छ । जिल्लाभित्रका हरेक स्थानलाई समेट्न ४ वटा शाखाको व्यवस्थापन गरिएको छ । ‘हाल जरुरी रहेका काम नरोक्न यो व्यवस्था गरेका हौं’ केसीले भने ‘अत्यावश्यक बाहेकका काममा नआउनुहोला, लकडाउनपछि मालपोत पूर्णरुपमा खुल्नेछ ।’

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.