www.tandavnews.com
Fact ~ In search of truth

हङकङका दुई फाउन्डेसनले दिएको ४५० थान सिलिन्डर नेपाल आइपुग्यो

गण्डकीका लागि १२५ थान

पोखरा/ ताण्डव न्यूज ।

हङकङबाट झण्डै १ करोड बराबरको अक्सिजन सिलिन्डर नेपाल आएको छ ।

हङकङका दुई संस्थाले सहयोग स्वरुप दिएको (१ करोड बराबरको) ४५० थान अक्सिजन सिलिन्डर काठमाडौं आइपुगेको हो ।
हङकङका अर्बपति हिस्टर सन होतुङ र अमरधन मेमोरियल फाउन्डेसनले संयुक्त रुपमा उक्त संख्यामा अक्सिजन सिलिन्डर नेपाल पठाएको हो ।

Batas

फाउन्डेसनका संस्थापक त्रिलोक गुरुङले पहिलो चरणको सिलिन्डर नेपाल पठाइएको बताए । गुरुङको उक्त सिलिन्डर चार प्रदेशका लागि पठाइएको हो ।

जसमा गण्डकी प्रदेशका लागि १२५,कर्णाली प्रदेशका लागि १२५,सुदुरपश्चिम प्रदेशका लागि ११० र बागमती प्रदेशका लागि ९० थान सिलिन्डर रहेको छ ।

उक्त सिलिन्डरहरु एनआरएन कोभिड–९१९ उच्चस्तरीय कमिटी मार्फत वितरण हुने बताइएको छ ।यसपश्चात आफुहरुले नेपालमा थप १० देखि १२ करोड बराबरको स्वास्थ्य सामाग्री पनि पठाउन लागेको गुरुङले बताए ।

उनले आफ्ना मातापिताको सम्झनामा सो फाउन्डेसन विं.स २०७३ मा स्थापना गरेका थिए । फाउन्डेसनले भविष्यमा आईसोलेसन सेन्टर, अक्सिजन व्यवस्थापन, अनुसन्धान केन्द्र, अक्सिजन प्लान्ट निर्माण लगायत मानसिक आघात तनाव निवारण परामर्श केन्द्रजस्ता ठूला परियोजना सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.