www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जाः मोवाईल चार्ज गर्दा चट्याङ लागेर युवकको मृत्यु

पोखरा /ताण्डव न्यूज ।

मोवाईल चार्ज गर्ने क्रममा चट्याङ पर्दा स्याङ्जामा एक व्यक्तिको मृत्यु भएको छ ।

आफ्नै घरमा मोबाईल चार्ज गर्ने क्रममा चट्याङ लाग्दा स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–२ घडेरी बस्ने वर्ष १५ का रोहित गुरुङको मृत्यु भएको हो ।

Batas

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारी अनुसार आज विहान साढे ५ बजेको समयमा गुरुङलाई करेण्ट लागेपछि घटनास्थलमै मृत्यु भएको हो । घटनाको विषयमा बाँकी अनुसन्धान सुरु गरिएको प्रहरी उपरिक्षक विनोद सिलवालले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.