www.tandavnews.com
Fact ~ In search of truth

भारतका ‘सुपारी किलर’ पोखरामा पक्राउ, फिल्म ‘रोबर्ट’का प्रोड्युसरलाई मारेको प्रहरीको दाबी

पाेखरा/ताण्डव न्यूज

भारतको दक्षिण राज्य कन्नडाको फिल्मी नगरीमा फिरौती असुलीको धन्दा चलाउने समूहका एक सदस्य हत्याको आरोपमा पोखराबाट पक्राउ परेका छन् ।

सन् २०२० मा ठूलो बजेटमा बनेको ‘रोबर्ट’ फिल्मका निर्माता दाजुभाई दीपक र उमापाथी ग्वादाको हत्या आरोपमा ग्याङस्टार करिया राजेश पोखराको लेकसाइडस्थित एक होटलबाट पक्राउ परेको भारतीय मिडिया दी हिन्दूमा उल्लेख छ । हिन्दूका अनुसार राजेश जुन ६ तारिखमा पक्राउ परेका हुन् ।

Batas

चर्चित ग्याङस्टार दाउद इब्राहिमको ग्याङका सार्पसुटर रसिद मालबारीका दाहिने हात मानिने बम्बे रवि र राजेशको सम्पर्क रहेको समाचारमा जनाइएको छ । फिल्म निर्माता दाजुभाईको हत्या गरेको आरोपमा १३ जनाको समूहलाई भारतीय प्रहरीले जयनगरमा पक्राउ गर्ने चुस्त योजना बनाएपनि राजेश र बम्बे रवि फरार हुन सफल भएका थिए । जसमध्ये बम्बे रविको सम्पर्क सार्पसुटर रसिद मालबारीसँग भएको कन्नाडा प्रहरीका डिसिपी हरिस पान्डेले जनाएका छन् ।

‘निर्माता दाजुभाइको हत्या गरेर भारतीय फिल्म उद्योगमा उनीहरुले उपस्थिति जनाएको सन्देश दिन चाहन्थे’ डिसिपी पान्डेले भनेका छन् ।

बम्बे रवि उनै रसिद मालबारीका दाहिने हात मानिन्छन् भने उनी अझै पनि पक्राउ पर्न सकेका छैनन् । बम्बे रविले देश छाडिसकेको भारतीय प्रहरीको अनुमान छ । ग्याङस्टरको समूहले निर्माता दाजुभाईसँग ३० लाख भारतीय रुपैयाँ मागेका थिए । राजेशलाई भारतीय मिडियाहरुले ‘सुपारी किलर’को नाम दिएका छन् । ‘करिया कन्नड फिल्म इन्डष्ट्रीमा सिक्का (अधिपत्य) जमाउन चाहन्थ्यो’ डेक्कन हेराल्डमा उल्लेख छ ।

करियालाई पक्रन कन्नड प्रहरीको स्पेशल टोलीले नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरो (सिआइबी)सँग समन्वय गरेको थियो । करियालाई पक्राउ गरी भारत पु¥याइएपछि कास्कीलगायतका प्रहरी कार्यालयले जानकारी पाएका थिए ।

फिल्म रोबर्टको ट्रेलर

 

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.