www.tandavnews.com
Fact ~ In search of truth

पोखरा टोस्टमास्टर्स क्लबको अध्यक्षमा नुरज बाटाजू

पोखरा ।

पोखरा टोस्टमास्टर्स क्लबको अध्यक्षमा युवा व्यवसायी नुरज बाटाजू निर्वाचित भएका छन् । क्लबको वर्ष २०२१/२२ का लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

क्लबको भाइस प्रेसिडेन्ट एजुकेसनमा देवराज पोख्रेल, भाइरस प्रेसिडेन्ट मेम्मरसिपमा नमराज बराल, भाइस प्रेसिडेन्ट पव्लिक रिलेसनसिपमा गौतम श्रेष्ठ, सेक्रेटरीमा नानु अधिकारी, ट्रेजररमा प्रमिस बराल र सार्जेन्ट एट आम्समा अन्तिम घिमिरे चयन भएका छन् । क्लबको इमिडेट पास्ट प्रेसिडेन्टमा सन्दिप मानन्धर छन् ।

Batas

टोस्टमास्टर्स इन्टरनेसनलको १४५ देशमा १६ हजार २ सय क्लबहरु छन् । संसारभर ३ लाख ६४ हजार भन्दा बढी सदस्य छन् । नेपालमा ४५ वटा क्लब सक्रिय छन् । काठमाडौं उपत्यकामा ३७ काठमाडौं उपत्यकाबाहिर ८ वटा क्लब छन् ।

पोखरा टोस्टमास्टर्स क्लब काठमाडौं उपत्यका बाहिरको प्रथम टोस्टमास्टर्स क्लब हो । टोस्टमास्टर्स इन्टरनेसनल गैर नाफामुखी शैक्षिक संस्था हो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.