www.tandavnews.com
Fact ~ In search of truth

स्थगित जनगणना कसरी सुरु गर्ने वा नगर्ने ? आज निर्णय गर्दै सरकार

काठमाण्डौँ
ताण्डव न्यूज ।

कोरोना भाइरसको महामारी (कोभिड–१९) कारण स्थगित भएको राष्ट्रिय जनगणनाको बारेमा सरकारले आज अन्तिम निर्णय गर्ने भएको छ । स्थगित भएको जनगणना कसरी सुरु गर्ने वा नगर्ने भन्ने बारेमा छलफल गर्न योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहेको राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आज साँझ ४ बजेका लागि बोलाइएको छ ।

अर्थ, गृह, प्रधानमन्त्री कार्यालय, शिक्षा, वित्त आयोग, राष्ट्रिय योजना आयोगका सचिव र जनसंख्या शास्त्र, तथ्याङक शास्त्रका एक/एक जना विज्ञसहितको समितिले जनगणना गर्ने नगर्ने विषयमा निर्णय गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने समितिका अध्यक्ष, योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले जानकारी दिए। मन्त्रिपरिषद्बाट सिफारिस पारित भएमा साउन र भदौभित्रमा गणना सक्ने लक्ष्य तथ्याङ्क विभागले राखेको छ ।

Batas

९० प्रतिशत काम सम्पन्न गरी सकेको जनाउदै आजको बैठक र मन्त्रीपरिषद्ले दिएको निर्णयअनुसार काम अघि बढाउने पक्षमा विभाग रहेको छ । यसअघि केन्द्रीय तथ्याङ्क विभागले सुपरिवेक्षक नियुक्त गरी पाँच दिने तालिम दिइसकेको छ भने दुई दिनको तालिम दिन बाँकी रहेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.