www.tandavnews.com
Fact ~ In search of truth

‘डेल्टा’को नयाँ म्यूटेशन विश्वका ८४ मुलुकमा फैलियो

एजेन्सी ।

विश्व स्वास्थ्य संगठनले कोरोनाको डेल्टा भेरिएन्टमा देखिएको नयाँ म्यूटेशन खोप लगाएकालाई पनि संक्रमित गर्न थालेको भन्दै चेतावनी दिएको छ । संगठनल डेल्टाको नयाँ म्यूटेशन थप सङ्क्रामक र खतरनाक रहेको भन्दै कोरोनाविरुद्ध खोप लगाइसकेकाहरुमा पनि सङ्क्रमण गराउन थालेको बताएको छ ।

संगठनका प्रमुख डा. एड्हनोम घेब्रेयससले हालसम्म डेल्टाको नयाँ म्यूटेशन विश्वका ८४ मुलुकमा फेला परिसकेको र खोप लगाएकाहरुलाई पनि संक्रमित गर्न थालेको बताएका छन्। उनले कोरोनाको डेल्टा भेरिएन्टमा देखिएको म्यूटेशन बढी खतरनाक रहेको र यसले विश्वलाई फेरि खतरा तर्फ लिएर जाने भएको सबैलाई सतर्क र सावधान रहन आग्रह गरे ।

Batas

डा.टड्रोसले डेल्टाको नयाँ म्यूटेशनले विस्तारै विश्वलाई आफ्नो चपेटामा लिन थालेको र जहाँ जहाँ जन स्वास्थ्यका मापदण्ड खुकुलो बनाइएको छ त्यहाँ त्यहाँ संक्रमणले तिव्रता लिन थालेको हुँदा मानिसले जनस्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्ने उल्लेख गरे।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.