www.tandavnews.com
Fact ~ In search of truth

बैतडीमा पहिराले पाइप बगाउँदा खानेपानीको अभाव

बैतडी ।

पहिराले खानेपानीको संरचनामा क्षति पु¥याएपछि दोगडाकेदार गाउँपालिका–७ चडेपानीमा खानेपानीको हाहाकार भएको छ । गाउँमा ल्याइएको एक मात्र खानेपानी लाइनमा पहिराले क्षति पु¥याएसँगै दुई सय घर परिवार खानेपानीबाट वञ्चित भएका छन् ।

गत शुक्रबारको पहिराले सूर्नया गाउँपालिका–३ धरमघरमा खानेपानी संरचनामा क्षति पु¥याएको खानेपानी आयोजनाका अध्यक्ष लक्ष्मीदत्त भट्टले बताए । पहिराले खानेपानी लाइन करीब ३/४ सय मिटरमा क्षति पु¥याएको छ ।

Batas

बीस किलोमिटर टाढाको मुहानबाट लगिएको खानेपानीको मुख्य लाइनमा क्षति पुगेपछि गाउँमा निकै समस्या भएको स्थानीय केशव भट्टले बताए । खानेपानी पुनःसञ्चालन गर्न पहल भइरहेको चडेपानी खानेपानी उपभोक्ता समितिले जनाएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.