www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीको गनगन ! मुख्यमन्त्रीले लिए ९ मन्त्रालय, हरिशरण र मनाङ्गे अझै बिनाविभागीय

पाेखरा/ताण्डव न्यूज

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिशमा प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा आज मन्त्रालय बिस्तार गरिएको छ ।

बिस्तारित मन्त्रालयमा मुख्यमन्त्री पोखरेलले ९ मन्त्रालयको जिम्मा लिएका छन् । मुख्यमन्त्रीले पोखरेलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्; अर्थ, उर्जा, जलस्रोत तथा खानेपानी; कानून सञ्चार तथा प्रदेशसभा मामिला; पर्यटन उद्योग, वाणिज्य तथा आपुर्ति; भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण; भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था; युवा तथा खेलकुद र वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय हाल आफैसँग राखेका छन् ।

Batas

यसअघि मन्त्री नियुक्त भएका कांग्रेसकै कुमार खड्काले शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तोकिएको छ । जेठ २९ गते मन्त्रीमा नियुक्त भएका अन्य मन्त्री हरिशरण आचार्य र राजीव गुरुङ (दिपक मनाङ्गे) अझै बिनाविभागीय मन्त्री नै रहेका छन् ।

यसअघि असार ४ गते मुख्यमन्त्रीले जसपालाई अर्थ मन्त्रालय दिने सहमति गरेका थिए । सोही सहमतिअनुरुप जसपाले उक्त मन्त्रालय दाबी गरेको कारण मन्त्री आचार्य पुनः बिनाविभागीयमै रोकिएका हुन् । त्यस्तै, स्वतन्त्र सांसद मनाङ्गेले सकेसम्म भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको आश गरेका छन् । यद्यपि, माग भएबमोजिम बजेट पाए उनी खेलकुद मन्त्रालयकै जिम्मेवारी लिन राजी भएका छन् । शनिबार अबेरसम्म ४ मन्त्रालयको कार्यविभाजन गर्न छलफल र बैठकमा गठबन्धन व्यस्त रहेपनि अन्ततः अर्थ र भौतिक पूर्वाधार मन्त्रालयको ‘गाँठो’ फुक्न नसक्दा आज २ मन्त्रीले मात्रै जिम्मेवारी पाएका हुन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.