www.tandavnews.com
Fact ~ In search of truth

नाम नखुलेको च्याउ खाँदा पोखरा –३३ का ८ जना बिरामी

पोखरा/ताण्डव न्यूज ।

पोखरामा विषालु च्याउ खाँदा ८ जना बिरामी परेका छन् ।

पोखरा महानगरपालिका ३३ पुँडी बस्ने ८ जना नाम नखुलेको च्याउ खाँदा ८ जना बिरामी परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । उनीहरुले हिजो धारापानी सामुदायिक बनबाट नाम नखुलेको च्याउ लिएर उनीहरुले खाएको प्रहरीले बताएको छ ।

Batas

बिरामी हुनेमा पुँडी बस्ने व ४५ वर्षीय गोठे पुन,उहाँको ४० वर्षीय श्रीमती लिला पुन, उनीहरुको १३ वर्षीय छोरा पूर्ण पुन,उनको वर्ष १० वर्षीया छोरी बिनिता पुन, अर्की ८ वर्षीया छोरी अस्मिता पुन र सानी ६ वर्षीया छोरी माया पुन रहेकी छिन् ।

यस्तै स्वाँरा बस्ने ५५ वर्षीय भिम बहादुर पुन र उहाँको श्रीमती ५२ वर्षीया गौमाया पुन पनि बिरामी परेका हुन् । बिरामी सबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकीमा उपचार भईरहेको प्रहरी कार्यालयले बताएको छ । सबै जनाको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.