www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रहरी प्रमुख श्रेष्ठको १ वर्ष : फरार व्यक्ति पक्राउ देखि अक्सिजन सिलिण्डर व्यवास्थापनसम्म

अर्जुन गाहा (सुशान्त)
पोखरा/ताण्डव न्यूज

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक जीवन कुमार श्रेष्ठले आफ्नो एक वर्षे कार्यकालको कार्यविवरण सार्वजनिक गरेका छन् ।

गत २०७७ असार ८ गतेबाट कास्की प्रहरीको कमाण्ड सम्हालेका उनी लागु औषध नियन्त्रण व्यूरो काठमाडौं सरुवा हुनुपूर्व आफ्नो एक वर्षे कार्यकालको विवरणहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् ।

Batas

उनले सार्वजनिक गरेका कार्यविवरणमा शान्ती सुरक्षा तथा अमनचैन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा नागरिक समाज लक्षित सचेतना तथा अक्सिजन ग्यास सिलिण्डर व्यवस्थापन लगायतका कार्यक्रमहरु समावेश छन् ।

उनले सो अवसरमा बोल्दै एक वर्ष अवधिमा ज्यान मार्ने उद्योग, लागुऔषध, सवारी ज्यान, जबरजस्ती करणी लगायतको कसुरमा २ सय ७० पुरुष र १४ महिला गरी कुल २ सय ८४ फरार व्यत्तिहरुलाई पक्राउ गरिएको जानकारी दिए । भने सो अवधिमा कारवाही स्वरुप ७९ लाख ७ हजार ८ सय ७९ राजस्व संकलन गरिएको बताए ।

एसपी श्रेष्ठका अनुसार जुवा तर्फ ३२ मुद्धा दर्ता भएका थिए । जसमध्ये १ सय ८१ जना पुरुष र ३३ जना महिला गरी कुल २ सय १४ व्यक्तिहरुलाई कारवाही गरिएको थियो । भने उनीहरुको साथबाट २१ लाख ८० हजार ५ सय ३२ रुपैया बरामद गरिएको थियो ।

उनले दोस्रो भेरियन्टको कोरोना भाईरसको महामारी बढेसँगै भएको अक्जिसनको अभावलाई मध्यनजर गर्दै विभिन्न क्षेत्रबाट सँकलित ३ सय ७ सिलिन्डर फिर्ता गरिनेगरि अस्पतालहरुलाई प्रदान गरिएको समेत बताएका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.