www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामा आजदेखि विपक्षीको बहस सुरु हुँदै

काठमाण्डौँ/ताण्डव न्यूज

प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामा संवैधानिक इजलासमा आजदेखि विपक्षीको बहस सुरु हुँदैछ । सरकारी वकिलका तर्फबाट मुद्दाको प्रतिरक्षा प्रारम्भ हुने सर्वोच्च अदालतले जनाएको छ  ।

सरकारी वकिल र अन्य प्रत्यार्थीका कानुन व्यवसायीका लागि इजलासले १५ घण्टा समय दिएको छ । जसमा सरकारी वकिलसँगै प्रत्यार्थीतर्फबाट निजी कानुन व्यवसायीका लागि समय लागू हुनेछ । तर समय व्यवस्थापनमा सरकारी वकिल र सभामुख अग्नि सापकोटाका निजी कानुन व्यवसायीबीच विवाद देखिएको छ ।

Batas

सभामुखका कानुन व्यवसायीले आधा समय नै माग गरे पनि महान्यायाधिवक्ताले उक्त समय नदिने इजलासमै बताएपछि विवाद देखिएको हो । समयको व्यवस्थापन बारेको विवाद आज बिहान सल्टाएर बहस सुरु गर्ने तयारी सर्वोच्चको छ । यो पटक सरकारी वकिलको नेतृत्व महान्यायाधिवक्ता रमेश बडालले गर्दै हुनुहुन्छ ।

पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र अग्नि खरेलले पनि प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्दै हुनुहुन्छ । साथै नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेलगायतका सरकारी वकिल पनि प्रतिरक्षा उत्रिने तयारीमा हुनुहुन्छ । सभामुखका तर्फबाट भने पाँच जना कानुन व्यवसायीले बहस गर्दैछन् । रिट निवेदकका तर्फबाट प्रारम्भिक बहस हिजो सकिएपछि आजबाट विपक्षीको तर्फबाट बहस सुरु हुन लागेको हो ।

नवेदक पक्षका ३६ जना कानुन व्यवसायीले बहस गरेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.