www.tandavnews.com
Fact ~ In search of truth

सरकारले तोक्यो आन्तरिक हवाई उडान तालिका

काठमाण्डौँ/ताण्डव न्यूज

कोरोना भाइरस महामारीको सङ्क्रमणको जोखिम नहोस भन्नका लागि त्रिभुवन विमानस्थलले उडान कम्पनीहरूलाई १० मिनेटको अन्तरालमा उडान तालिका दिएको छ । यही असार १७ देखि आन्तरिकतर्फको उडान सुरु हुँदै छ ।

नियमित उडान रोकिएको अवस्थामा कोरोना सङ्क्रमणको हालको स्थिति को मूल्याङ्कन गर्दै, विमानस्थल टर्मिनलको क्षमता अनुसार भीडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञा अघि सञ्चालन गरेको उडान संख्याको आधा संख्यामा उडान भर्नुपर्ने छ । यसअनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्रीलाई ७, सौर्यलाई ३ उडान स्वीकृति दिएको विमानस्थल कार्यालयले जनाएको छ ।

Batas

यात्रुहरूको सुरक्षित आवागमनका लागि नेपाल सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्य सम्बन्धी मापदण्ड पालनाका लागि कार्यान्वयन समिति र सुपरिवेक्षण समितिसमेत गठन गरिएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.