www.tandavnews.com
Fact ~ In search of truth

ग्यास विक्रेताहरुले पाए खोपको आश्वासन, सेवा यथावत राख्न सहमत

पोखरा/ताण्डव न्यूज

एल.पि. ग्याँस विक्रेता संघ कास्कीको माग वमोजिम कोरोना विरुद्धको खोप व्यवस्था गर्ने आश्वासन पाएपछि व्यवसायीले यथावत रुपमा सेवा सुचारु गर्ने भएका छन् ।

ग्याँस विक्रेता संघ कास्कीले आफ्ना व्यवसायीहरु घर–घर सम्म ग्याँस पु¥याउन जाँदा कोरोना संक्रमणको उच्च जोखिम हुने भन्दै कोरोना विरुद्ध खोप लगाउने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय कास्की र प्रदेश सरकारको स्वास्थ्य मन्त्री समक्ष माग राखेका थिए । आफ्नो माग सम्वोधन नगरिएपछि असार १० गतेबाट ग्याँसको आपूर्ति व्यवस्था वन्द गर्ने निर्णय गरेका थिए ।

Batas

सोमवार प्रदेश स्वास्थ्य मन्त्री मधु कुमारी अधिकारी र कास्कीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमसँग भएको छलफलमा अवको लट आउँदा खोप व्यवस्था गर्ने कार्यलाई अगाडि वढाउने सहमती भएपछि एल.पि. ग्याँस विक्रेता संघले आफ्नो आन्दोलन फिर्ता लिएको हो ।

एल.पि. ग्याँस विक्रेता संघ कास्की अध्यक्ष वालकृष्ण कोइरालाले आजैबाट कास्कीका डिपोहरुले कम्पनीबाट ग्याँस उठाएर आपूर्ति व्यवस्था सहज वनाउने प्रतिकृया दिए । कोइरालाका अनुसार कास्कीमा हाल करिव ५५ वटा डिपो र करिव ९ सय खुद्रा विक्रेता रहेका छन् । कास्कीमा नेपालका विभिन्न १८ वटा कम्पनीका गयाँस डिपो रहेका छन् । गयाँसको डिपो र खुद्रा व्यवसायीमा कार्यरत व्यवसायी र कामदारलाई लगाउन करिव एक हजार खोप आवश्यक पर्ने अध्यक्ष कोइरालाले वताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.