www.tandavnews.com
Fact ~ In search of truth

कुश्मामा पहिरो: पोखरा बाग्लुङ सडक खण्ड अवरुद्ध

पर्वत /ताण्डव न्यूज ।

लगातारको वर्षाका कारण पोखरा बाग्लुङ सडक खण्ड अवरुद्ध भएको छ ।

पर्वतको कुश्मा नगरपालिका स्थित चुवाभिर भन्ने ठाउँमा पहिरो गएपछि सडकमा आवतजावत रोकिएको हो । सडकभन्दा करिब ५० मिटर माथिबाट गएराती ठूलो पहिरो आएर सडक पुरेपछि सवारीसाधनहरु गन्तव्यसम्म पुग्न नसकेको पर्वत प्रहरीले जनाएको छ ।

Batas

सडक खुलाउने प्रयास जारी रहेपनि पहिरो झर्ने क्रम अझै नरोकिएकाले आज साँझसम्म लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डीएसपी) विश्वराज अधिकारीले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा अत्यावस्यक सवारी समेत गन्तव्यसम्म पुग्न पाएका छैनन् । बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका ठाउँबाट थप उपचारका लागि पोखरा आउनुपर्ने बिरामीहरूलाई समस्या भएको छ

यसैबीच पहिरो पछि विद्युत् पोल समेत भाचिएको छ । विद्युत पोल भाँचिएसंगै विद्युत सेवा पनि अवरुद्ध भएको थियो । गण्डकी प्रदेशका बाग्लुङ, म्याग्दी र पर्वतमा हिजोदेखि अवरुद्ध विद्युत आज बिहान ११ बजेमात्रै आपूर्ति भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.