www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा जातीय विभेदविरुद्ध प्रर्दशनः शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहन गर्न खोज्ने ३ पक्राउ

पोखरा /ताण्डव न्यूज ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गर्न खोज्ने ३ जना पोखराबाट पक्राउ परेका छन् ।

पोखराको मानव अधिकार चोकबाट कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेत्र चापागाईँ, ईश्वर नेपाली, र रेशम सापकोटा रहेका छन् ।

Batas

रुपा सुनार लगायत सम्पूर्ण जातीय विभेद र मन्त्री कृष्णगोपाल श्रेष्ठको विरुद्धमा जात व्यवस्था उन्मूलन मोर्चा नेपाल गण्डकी प्रदेशले विरोध सभा आयोजना गरेको थियो । विरोध कार्यक्रमपछि मन्त्री श्रेष्ठको पुत्ला दहन गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।

यसअघि विरोधका क्रममा सहभागीहरुले जातीय व्यवस्था उन्मूलनको माग गर्दै विभेदमा पारिएका रुपाजस्ता लाखौँ व्यक्तिहरुको पक्षमा आवाज उठाइरहेका छन ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.