www.tandavnews.com
Fact ~ In search of truth

सरस्वती प्रधानलाई लिफ्ट दिने मन्त्री श्रेष्ठको कदमप्रति प्रधानमन्त्री ओलीले भने,‘दुर्भाग्यपूर्ण काम भयो’

काठमाडौं /ताण्डव न्यूज ।

जातीय विभेदको मुद्धामा हिरासतमा रहेकी काठमाण्डौकी एक महिलालाइ छुटाउन पुगेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । आवेशमा आएर यस्तो काम नगर्न प्रधानमन्त्रीले सचेत गराएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

काठमाण्डौमा आज भएको एउटा कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठको कदमलाई ‘दुर्भाग्यपूर्ण’ समेत भनेका छन् ।

Batas

उनले भने, ‘गाडीमा चढाएर लैजानु दुर्भाग्यपूर्ण हो । राम्रो काम होइन । हाम्रो सम्माननीय प्रधानमन्त्रीले हिजो मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है, यो ठीक भएन भन्नुभएको छ । यसमा प्रधानमन्त्री स्वयम्को पनि ध्यानाकर्षण भएको छ ।’

एक दलित युवतीलाई कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा लिफ्ट दिएका थिए । यो विषयको सर्वत्र आलोचना हुँदै आएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.