www.tandavnews.com
Fact ~ In search of truth

पोखराःफुस्रे खोलामा माछा मार्ने क्रममा बगाई २६ वर्षीय युवकको मृत्यु

पोखरा /ताण्डव न्यूज ।

पोखरामा खोलाले बगाउँदा एक युवकको ज्यान गएको छ ।

स्याङजा विरुवा गाउँपालिका ७ डिही घर भई हाल पोखरा १७ हनुमान टोल बस्ने २६ वर्षीय युम बहादुर गुरुङको खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

उनलाई पोखरा महानगरपालिका वडा १७ काउछेघारी स्थित फुस्रे खोलामा आज बिहान माछा मार्ने क्रममा खोलाले बगाएको प्रहरीले बताएको छ । गुरुङ खोलाले बगाई अन्दाजी ५ सय मिटर तल खोलाको बिच भागमा अड्किएको मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.