www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः पोखराका ३ सहित ५ संक्रमितको मृत्यु

कास्कीका ११९ सहित २८३ जनामा संक्रमण

पोखरा/ ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ५ संक्रमितको ज्यान गुमेको छ ।

पोखराका ३ सहित प्रदेशका अन्य जिल्लाका गरि प्रदेशमा ५ संक्रमितले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

Batas

ज्यान गुमाउनेमा कास्कीका ३, म्याग्दीका १ र लमजुङका १ जना रहेको निर्देशनालयले जनाएको छ ।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९४५ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २८३ जना संक्रमित थपिएका छन् ।निर्देशनालयको अनुसार कास्कीका ११९, म्याग्दीका ७, पर्वतका ३, गोरखाका ७,लमजुङका ९,तनहुँका ४४, बागलुङका २९, स्याङ्जाका २२ र नवलपरासीका ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

१३७ महिला र १४६ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५५ हजार ३२४ पुगेको छ ।

यस्तै आज ३३५ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७३० रहेको छ ।

हाल प्रदेशमा २ हजार ६४९ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ३८८ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.