www.tandavnews.com
Fact ~ In search of truth

पूर्वमन्त्री जगत विश्वकर्माले मागे मन्त्री श्रेष्ठको राजिनामा

काठमाडौं/ताण्डव न्यूज ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष जगत विश्वकर्माले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीना मागेका छन ।

जातीय छुवाछुतको घटनामा मुछिएका श्रेष्ठले राजीनामा दिनुपर्ने विश्वकर्माको माग छ । एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नेता विश्वकर्माले विभेदलाई प्रश्रय दिएको आरोप लगाए ।

Batas

उनले शिक्षामन्त्री सबै जनताको अभिभावक बन्न सक्नुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै विश्वकर्माले अध्यक्ष ओलीको ध्यानाकर्षण गरेका थिए ।

मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गम्भीर हुन उनको आग्रह छ । यद्यपी मन्त्री श्रेष्ठले भने आउने दिनमा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्।

काठमाडौंमा हालै सञ्चारकर्मी रुपा सुनारलाई जातीय आधारमै डेरा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई शिक्षा मन्त्री श्रेष्ठले प्रहरी कार्यालयबाट झन्डावाला गाडीमा लिफ्ट दिएर घर पु¥याएका थिए । मन्त्री श्रेष्ठको उक्त कदम विरुद्ध देशव्यापी रुपमा चर्को विरोध समेत भैरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.