www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः कास्कीका ८३ सहित थपिए ४२६ संक्रमित

पोखरामा उपचाररत ३ संक्रमितको मृत्यु

पोखरा /ताण्डव न्यूज ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ४२६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेकोे अनुसार कास्कीका ८३, म्याग्दीका ४२, पर्वतका ६०, गोरखाका २५,लमजुङका ३४,तनहुँका ९४, बागलुङका १८, स्याङ्जाका ३२ र नवलपरासीका ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

Batas

२११ महिला र २१५ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५५ हजार ७५० पुगेको छ ।

यस्तै गण्डकीमा कोरोना संक्रमणबाट थप ३ संक्रमितको ज्यान गुमेको छ ।ज्यान गुमाउनेमा कास्कीका १, पर्वतका १ र तनहुँका १ जना रहेको निर्देशनालयले जनाएको छ । तीनै जना संक्रमितको पोखराका छुट्टछुट्टै अस्पतालमा उपचार भइरहेको थियो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९४८ पुगेको छ ।

यसैबीच आज १८५ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ९१५ रहेको छ ।

हाल प्रदेशमा २ हजार ५५७ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ५६६ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.