www.tandavnews.com
Fact ~ In search of truth

आजदेखि आन्तरिक उडान सुरु, प्रतिकुल मौसमले पहिलो दिनकै उडान प्रभावित

पोखरा /ताण्डव न्यूज ।

नोबेल कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाको दुई महिनापछि आजदेखि आन्तरिक उडान सुरु भएको छ । बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाइ उडान सुरु भएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार दैनिक आठ वटा जहाजले ६४ वटा उडान गर्न अनुमति दिइएको छ । त्रिभुवन विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीका अनुसार यात्रुहरुले भौतिक दुरी कायम गर्नुपर्ने छ र त्यसका लागि भीड कम गर्न तीन सयजना बस्न मिल्ने गरी अस्थायी स्थानको व्यवस्था गरिएको छ ।

Batas

प्रत्येक जहाज दश मिनेटमा उडान गर्नुपर्ने, एक पटक उडेपछि स्यानिटाइज अनिवार्य गर्नुपर्ने र यात्रुको लगेजसमेत स्यानिटाइज गरेर मात्र दिने गरी व्यवस्था मिलाइएको उहाँको भनाइ छ । आजबाट उडान भर्ने अनुमति दिइएका मध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान रहेको नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

कुल उडान क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाइ उडान सञ्चालन गर्न प्राधिकरणले हवाइ कम्पनीहरूलाई निर्देशन दिएको छ । तर देशभर मौषममा आएको खराबीका कारण एयरलाईन्सहरुले उडान भने भर्न सकेका छैनन् । पोखरा विमानस्थलमा पनि विहानैदेखि पानी परिरहेका कारण हवाइ उडान हुन नसकेको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.