www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय सभाको आठौँ अधिवेशन आजबाट

काठमाडौं/ताण्डव न्यूज ।

राष्ट्रिय सभाको आठौँ अधिवेशन आजबाट सुरु हुँदैछ ।

आजको बैठकको सुरुमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए।

Batas

बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठकमा अध्यक्षले तिमल्सिनाले मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम पनि छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीहरू विष्णुप्रसाद पौडेल लिलानाथ श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठबाट गरी १२ वटा अध्यादेश पेश हुने कार्यसूची रहेको छ । राष्ट्रिय सभाको बैठकमा विभिन्न व्यक्तिहरूको निधनमा शोक प्रस्ताको कार्यसूचीसमेत रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.