www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण क्लिनिकलद्धारा महामारीमा खटिएका ‘फ्रन्टलाइनर्स’लाई सम्मान तथा निशुल्क स्वास्थ्य परिक्षण

पोखरा
ताण्डव न्यूज ।

अन्नपूर्ण क्लिनिकल तथा नमस्ते फार्मेसियाले कोभिड १९ महामारी नियन्त्रणमा अग्रपङ्तीमा खटिले विभिन्न आहोदाका ब्यक्तिहरुलाई सम्मान गरेको छ । पोखरा १३ मियाँपाटनमा आयोजित कार्यक्रममा अग्रपङ्क्तीमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले सम्मान पत्र र दोसल्लाले सम्मान गरेकी थिइन् । कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले प्रदेश सरकार प्रदेशवासीहरुको स्वास्थ्यमा गम्भिर रहेको बताइन् । महामारी नियन्त्रणमा सबैको भुमिका रहनुपर्ने उल्लेख गर्दै उनले छिट्टै खोपको लागि पहल गरिएको जानकारी दिइन् ।

Batas

कार्यक्रममा पोखरा १३का वडाध्यक्ष दर्शन लामा, वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक बिक्रम कुँवर, नेपाल औषधी व्यवसायी संघका केन्द्रिय सचिव यामनाथ पौडेल, संघकै कृन्द्रिय सदस्य टंकप्रसाद अधिकारी, संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण पाण्डे लगायत विभिन्न जनप्रतिनिधि एवं स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

अन्नपूर्ण क्लिनिकल प्रालि तथा नमस्ते फर्मेसियाका संचालक मणी न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संगिता बरालले गरेकी थिइन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.