www.tandavnews.com
Fact ~ In search of truth

निरन्तरको वर्षाले चितवनका विभिन्न ठाउँमा बाढी, धुसरी पुल भाँचियो

चितवन /ताण्डव न्यूज ।

गएराती देखि निरन्तर भएको वर्षाका कारण चितवनका विभिन्न नदी आएको बाढीका कारण ठाउँउाठँमा क्षति पुगेको छ । पूर्वी चितवनको पंफाखोलामा आएको बाढीका कारण राप्तीका १५० घरधुरी विस्थापित भएका छन् ।

राप्ती नगरपालिका वडा नं ७ र ८ का भवानीपुर, सुन्दरबस्ती र खुरखुरेलगायत क्षेत्रका बस्तीमा खोला पसेको चितवन प्रहरीले जनाएको छ । यस्तै बर्षाले धुसरी पुल पनि भाँचिएको छ।

Batas

लदरी खोलामा आएको बाढीले चितवनको रत्ननगर र खैरहनी जोड्ने पक्की पुल भाँचिएको हो । पुल भाँचिएपछि सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ । यस्तै बूढी राप्तीमा आएको बाढीले डुबान गर्दा २० परिवार विस्थापित भएका छन् ।

रत्ननगर नगरपालिका–८ रमाइलोडाँडामा पनि बाढी पसेपछि २० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तै खैरहनी ८ पर्सामा रहेका डेजी स्कुलमा पनि बाढी पसेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.