www.tandavnews.com
Fact ~ In search of truth

पोखराको नदीपुरमा बर्षाले चर्किएका घरहरुलाई क्षतिपुर्ति दिन पहल गर्छुः सांसद बराल

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले वर्षातका कारण पोखरा ३ नदीपुरमा क्षति भएको दुई घरको उचित क्षतिपुर्ति उपलब्ध गराउन आवश्यक पहल गर्ने बताएका छन् ।

विहिबार पोखरा नदीपुर स्थित ज्ञानमार्गका दुई घरमा भएको क्षतिको बारे बस्तु स्थिती बुझ्दै बर्षादका कारण क्षती भएका घरहरुलाई उचित क्षती पुर्ति उपलब्ध गराउन बिषेश पहल गर्ने बताएका हुन्।

Batas

असारे विकासको संस्कार अझै पनि कायम भएकोले गर्दा वर्षातको समयमा हुने पूर्वाधार निर्माणले थप समस्या ल्याउन सक्ने भएकोले थप सजग हुनु पर्ने सांसद बरालको भनाई छ । ढल निर्माणको क्रममा दुई घरमा पुगेको क्षतिको बिषयमा इन्जिनियर सहित अन्य व्यक्तिहरु दोषी हुन सक्ने उनको भनाई छ ।

सोचमा परिवर्तन आउन नसक्दा पुरानै ढंगबाट काम हुने हुदा पनि विकाससंगै विनास निम्तिएको सांसद बरालको भनाई छ । बर्खायाममा भौतिक संरचना निर्माण गर्दा र डोजर चलाउदा ध्यान दिनुपर्ने बताएका सांसद बरालले भुगलको अध्यय विना गरीने विकासले विनास निम्तिएको दाबी गरे ।

पोखरा ३ कन्या मार्गका जयराम पाण्डे र देओबहादुर पुनको यही असार १३ गते राति आएको बर्षादको कारण घरको भिक्ताहरु चर्कीएको कन्या मार्ग उपभोक्ता समितिका अध्यक्ष महाविर थापाले बताए ।

पाण्डे र पुन परिवारको घरमा भएको क्षतिपुर्ति कसरी उपलब्ध गराउन सकिन्छ त्यसको बारेमा र भैरवटोल देखि कन्यामार्ग सम्मको करिब ७ सय ५० मिटर दोहोरो नाला सहितको पिच सडक निर्माणमा पहल गर्न सांसद बराल समक्ष आफुहरुले आग्रह गरिएको अध्यक्ष थापाले बताए । विकासमा सवै एक हुनु पर्ने सचिव कृष्ण अधिकारीले बताए ।

काग्रेसका नेता दिलीप गिरीले पूर्व योजना विना विकास निर्माण हुदा हाल खानेपानी बिस्तारले गर्दा नदीपुर क्षेत्रको सडक छियाछिया भएको दाबी गरे । स्थानिय भूपालजंग कुवंरले ठेक्का दिएका धेरै ठाँउमा जनताको सहमति विना आफ्नो ढंगले काम गर्दा पनि नदीपुरमा दुई घरमा क्षति पुगेको हुन सक्ने बताए ।

स्थानिय सुनिता बस्नेत, बालकृष्ण काफ्ले, पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा सदस्यहरु रविन कायस्थ, लक्ष्मी पराजुली लगायतले नदीपुर क्षेत्रमा प्रदेश र संघिय सरकारको खासै ध्यान नगएको गुनासो गरेका थिए ।

पोखरा महानगरपालिका वडा नम्बर ३ को वडा कार्यालयबाट २० प्रतिशतको जनश्रमदान बाहेक ७ लाख ५० हजारको लागतमा ९५ मिटर स्याप सहित दोहोरो नाला निर्माण कार्यको जिम्मा लिएका लाल बहादुर लामाले आफुले काम गर्दै जादा ठुलो बर्षाद भएर घरहरु चकीैन पुगेको बताए ।

वर्षातले गर्दा घर चर्कीयसंगै पाण्डे र पुन परिवार विगत चार दिन देखि राम्रोसंग घरमा बस्न समेन नपाएको गुनासो गरेका छन्।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.