www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः पोखराका ३ सहित ८ संक्रमितको मृत्यु

कास्कीका १५३ सहित थपिए ४४८ संक्रमित

पोखरा /ताण्डव न्यूज ।

गण्डकीमा कोरोना संक्रमणबाट थप ८ संक्रमितको ज्यान गुमेको छ ।

ज्यान गुमाउनेमा कास्कीका ३, नवलपरासीका २, बागलुङका १ र तनहुँका २ जना रहेको निर्देशनालयले जनाएको छ । मृतक मध्ये ६ जना को पोखराका छुट्टछुट्टै अस्पतालमा उपचार भइरहेको थियो ।

Batas

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ४४८ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेकोे अनुसार कास्कीका १५३, मस्ताङका १,म्याग्दीका ३६, पर्वतका २८, गोरखाका ५४,लमजुङका १४,तनहुँका ८, बागलुङका ७२, स्याङ्जाका ३२ र नवलपरासीका ५० जनामा संक्रमण पुष्टि भएको हो ।

२२९ महिला र २१९ पुरुष गरि सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ५६ हजार १९८ पुगेको छ ।

यसैबीच आज ३४६ संक्रमित निको भएर घर फर्केका छन् । यो संख्या सँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५२ हजार २६१ रहेको छ ।

हाल प्रदेशमा २ हजार ९८१ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ७२४ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.